कहाँ पुग्यो शिक्षा ऐन ल्याउने तयारी, मन्त्री के भन्छन्?

हिमाल प्रेस १८ असोज २०८३ १०:४७ | Sunday, October 4, 2026
कहाँ पुग्यो शिक्षा ऐन ल्याउने तयारी, मन्त्री के भन्छन्?

रुपन्देही- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको काम अघि बढिरहेको बताएका छन्।

शिक्षा विभागको आयोजनामा लुम्बिनी प्रदेशअन्तर्गतका १०९ स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधिका लागि आयोजित आर्थिक वर्ष २०८३/८४ सम्बन्धी नीति, निर्देशिका, मापदण्ड तथा कार्यक्रम कार्यान्वयन कार्यविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भविष्यलाई ध्यानमा राखेर वास्तविक धरातलमा आधारित र दीर्घकालीन प्रभाव पार्ने गरी ऐन ल्याइने बताए।

उनले विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालासँग छलफल गरी प्राप्त सुझावका आधारमा विद्यालय शिक्षा ऐन निर्माण गरिने जानकारी दिए।

मन्त्री पोखरेलले शिक्षा क्षेत्रको नीतिगत सुधारका लागि विद्यालय शिक्षा ऐनसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको कामसमेत भइरहेको बताए।

उनको भनाइमा ऐन निर्माण र पाठ्यक्रम परिमार्जनको प्रक्रियाले नेपालको शिक्षा क्षेत्रको दीर्घकालीन रूपान्तरणमा सहयोग पुग्नेछ।

कार्यक्रममा लुम्बिनी प्रदेशअन्तर्गतका १०९ स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रममा शिक्षा क्षेत्रका नीति, निर्देशिका, मापदण्ड तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी विषयमा अभिमुखीकरण तथा छलफल गरिएको थियो।

प्रकाशित: १८ असोज २०८३ १०:४७ | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast