काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा नजाने भएका छन्। गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसले देउवालाई प्रमुख अतिथिरूपमा सहभागी हुन अनुरोध गर्दै निम्तो दिएको थियो। तर देउवाले इन्कार गरेका छन्।
पूर्वसभापति शेरबहादुर देउवापक्षका नेता डा. प्रकाशशरण महतले संस्थापनपक्षले देउवा १८ असोजमा उद्घाटन हुने १५औँ महाधिवेशनमा सहभागी नहुने भनेर बताएका छन्। देउवा पक्षले छुट्टै महाधिवेशन गर्दैछ।
आगामी मंसिर १५ बाट सुरु हुने महाधिवेशनको वडा अधिवेशन सुरु भइसकेको छ। संस्थापन पक्षको भने आजदेखि काठमाडौँको खुलामन्चमा महाधिवेशन सुरु हुँदैछ।
प्रकाशित: १८ असोज २०८३ ७:२२ | Sunday, October 4, 2026
प्रतिक्रिया



