रविले किन बोलाए रास्वपाको केन्द्रीय समिति बैठक?

हिमाल प्रेस १७ असोज २०८३ ७:२३ | Saturday, October 3, 2026
रविले किन बोलाए रास्वपाको केन्द्रीय समिति बैठक?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार आजको बैठकमा विशेष गरी संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी र आन्तरिक मनोनयनका विषयमा छलफल हुनेछ।

बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा, विभागीय प्रमुख र उपप्रमुख मनोनयन सम्बन्धमा, केन्द्रीय समिति‌ र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान सम्बन्धमा र मधेस प्रदेश संगठनको अडिट रिपोर्ट सम्बन्धमा आवश्यक छलफल तथा निर्णय गर्ने बताइएको छ।

 

प्रकाशित: १७ असोज २०८३ ७:२३ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast