ठूला भ्रष्टाचार काण्डहरूको सुक्ष्म अनुसन्धान भइरहेको छ : परियार

हिमाल प्रेस १४ असोज २०८३ १४:५८ | Wednesday, September 30, 2026
ठूला भ्रष्टाचार काण्डहरूको सुक्ष्म अनुसन्धान भइरहेको छ : परियार रास्वपा सचेतक प्रकाशचन्द्र परियार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान सरकारले विगतका ठूला भ्रष्टाचार काण्डहरूको सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताएका छन्।

बुधबार काठमाडौँमा एक साक्षात्कार कार्यक्रममा सचेतक परियारले पूर्ववर्ती सरकारहरूका पालामा भएका एनसेल काण्ड, गिरीबन्धु टी–इस्टेट, भुटानी शरणार्थी प्रकरणलगायत करिब २५ वटा खर्बौंका ठूला काण्डहरूको सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए।

समय आएपछि गहिरो अनुसन्धान गरी दोषीलाई आजीवन काराबाससम्म पु¥याउने प्रयास भइरहेको उनले बताए।

उनले विपक्षीको शक्ति र सहिष्णुतालाई समेत कदर गर्दै सँगसँगै लिएर अघि बढ्ने परिपक्वता रास्वपामा रहेको तर्क गरे। जनमतको अवमूल्यन नहोस् भनी आफूहरूले नियमित आत्मसमीक्षा गर्ने गरेको र जस्तोसुकै चुनौतीमा पनि पछि नहटी दृढ भएर अगाडि बढ्ने प्रण गरिएको उनको भनाइ छ।

परियारले सुशासन, सामाजिक न्याय, स्वाधीनता र समृद्धिमार्फत आगामी एक दशकभित्र नेपाललाई दक्षिण एसियाकै सम्मानजनक आय भएको राष्ट्र बनाउने संकल्पसहित अहोरात्र खटिरहेको धारणा राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast