विपद्बाट ३५ जनाको मृत्यु

हिमाल प्रेस १३ असोज २०८३ २१:०४ | Tuesday, September 29, 2026
12
SHARES
विपद्बाट ३५ जनाको मृत्यु

काठमाडौँ- अविरल वर्षाका कारण असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ।

केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार विपद्बाट बागलुङमा १२, म्याग्दीमा सात, पाल्पामा पाँच, मनाङमा चार, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एकरएक जनाको मृत्यु भएको छ।

विपद्का घटनामा १५ जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १३ असोज २०८३ २१:०४ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast