तिनाउमा क्षतिग्रस्त ५ घरलाई ३ महिनासम्म घरभाडा उपमहानगरपालिकाले दिने

हिमाल प्रेस १३ असोज २०८३ १२:१० | Tuesday, September 29, 2026
6
SHARES
तिनाउमा क्षतिग्रस्त ५ घरलाई ३ महिनासम्म घरभाडा उपमहानगरपालिकाले दिने

बुटवल- बुटवल उपमहानगरपालिकाले तिनाउमा आएको बाढीले क्षतिग्रस्त घरपरिवारलाई ३ महिनासम्म मासिक घरभाडा दिने भएको छ।

उपमहानगरको मंगलबार बसेको विपद् समितिको बैठकले बुटवल ११ टप मजुवामा पूर्ण क्षति भएका ३ घर र आधा क्षति भएका २ घर गरि ५ घरलाई तत्काल मासिक १५ हजारका दरले ३ महिना सम्मको लागि भाडा वापतको रकम राहतस्वरूप दिने दिने निर्णय गरेको हो ।

अप्ठ्यारोमा स्थानीय सरकार जनतासँगै रहनुपर्ने मान्यता अनुसार तत्काल अन्यत्र बस्न सहयोग पुगोस भनी तीन महिनासम्म १५ हजार राहात दिने निर्णय गरिएको नगरप्रमुख खेलराज पाण्डेयले बताए।बैठकले टपमझुवाको बाढी कटान स्थानाा पक्की ढलाई भएको वाल छिटोभन्दा छिटो निर्माण गर्न जनताको तटबन्ध कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

विपद्को समयमा खटिएका सम्पूर्ण सुरक्षा निकाय,जनप्रतिनिधि, टोल समिति,नागरिक समाज,पत्रकार एवम् बिपद् शाखालाई धन्यवाद दिएको नगरप्रमुख पाण्डेयले बताए।

प्रकाशित: १३ असोज २०८३ १२:१० | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast