फाइल तस्बिर
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। लगातारको वर्षापछि काठमाडौँमा तरकारीको मूल्य बढेको छ। वर्षाले सडक अवरुद्ध गर्दा तरकारी महँगिएको व्यवसायी बताउँछन्।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा र भारतीय ठूलो गोलभेँडाको मूल्य थोकमा समान प्रतिकिलो ११० रुपैयाँ छ। सानो लोकल गोलभेँडा ६५, रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ९५, लोकल गाँजर १३०, लोकल बन्दा ७५, स्थानीय काउली ११०, हाइब्रिड मुला ६५, लाम्चो भन्टा ६५, डल्ले भन्टा ७५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि तनेबोडी ९५, मकै बोडी ८५, करेला ९५, लौका ८५, लोकल परबल ११०, घिरौँला ४८, हरियो डल्ले फर्सी ५३, भिन्डी ७५, स्कुस २०, पालुंगोको साग ११०, कन्य च्याउ २२०, डल्ले च्याउ ४७५, कुरिलो ५५० रुपैयाँ प्रतिकिलो छ।
तनेबोडी ४७, मकै बोडी ९५, करेला ७५, लौका ६५, लोकल परबल ७५, घिरौँला ३७, हरियो डल्ले फर्सी ५५, भिन्डी ५५, स्कुस १८, पालुंगोको साग ११०, कन्य च्याउ २४४, डल्ले च्याउ ४७५, कुरिलो ५५० रुपैयाँ प्रतिकिलो थियो।




