पाल्पा- जिल्लाको माथागढी गाउँपालिका २ र रिब्दीकोट गाउँपालिका ६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो । दुवै जनाको शव निकालिएको छ । दुवै शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ।
पहिरोमा परेर तीन जना बेपत्ता भएका छन्। माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तिमगरको घर पुरिएको छ। घर्तीको परिवारका दुई जना र छिमेकीकी एक छोरी हराइरहेका छन्। उनीहरूको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए।
प्रकाशित: ११ असोज २०८३ ११:१३ | Sunday, September 27, 2026
प्रतिक्रिया



