काठमाडौँ- नारायणीमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार नारायणी नदीमा खतराको तह (९.० मिटर) मानिएकामा हाल जलसतह करिब ११.० मिटर पुगिसकेको छ र यो अझै बढ्दो क्रममा छ। देवघाट बाढी मापन केन्द्रमा आज दिउँसो ११ बजे वरपर जलसतह बढेर अधिकतम करिब १३.० मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।आज साँझसम्मै नदीको जलसतह खतराको तहभन्दा माथि नै रहने सम्भावना उच्च रहेको छ।
प्रकाशित: ११ असोज २०८३ ८:३६ | Sunday, September 27, 2026
प्रतिक्रिया



