नारायणीमा हामफालेका वृद्धको सकुशल उद्धार

हिमाल प्रेस ४ असार २०८३ १३:४४ | Thursday, June 18, 2026
10
SHARES
नारायणीमा हामफालेका वृद्धको सकुशल उद्धार

काठमाडौँ- पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-२ स्थित नारायणी नदीमा हामफालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

नदीमा हामफाले लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले देवचुली नगरपालिका-११, धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेलको बिहीबार बिहान मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो।

उनलाई उपचारका लागि अस्पताल पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ लार्चास्थित भोटेकोशी नदीको बीच भागमा अड्किएका २३ वर्षीय सञ्जीव विकको बिहीबार सकुशल उद्धार गरिएको छ। नदीले बगाएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा उद्धार गरेको हो।

प्रकाशित: ४ असार २०८३ १३:४४ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast