काठमाडौँ- पछिल्लो २४ घण्टामा कास्कीको पन्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा भएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७० दशमलव आठ मिलिमिटर, म्याग्दीको कुहुनमा १६५ दशमलव दुई मिलिमिटर र दर्वाङमा १६१ मिलिमिटर वर्षा मापन भएको छ।
अहिले कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले, स्याङ्जाको पाँचमूल वर्षा भइरहेको मापन केन्द्रले जनाएका छन्। वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदीनालामा जलसहत सतर्कता तह नजिक पुगेको छ। बाढी मापन केन्द्रका अनुसार बाँकेको किरन नाला नदी र म्याग्दीका मंगलघाटमा नदीले जलसहत सतर्कता तह पार गरेको छ।
प्रकाशित: १० असोज २०८३ १३:०६ | Saturday, September 26, 2026
प्रतिक्रिया



