सुनसरीको कोशी गाउँपालिकास्थित सप्तकोशी नदीमा रहेको कोशी ब्यारेज। पूर्वपश्चिम राजमार्गमा पर्ने यो ब्यारेजले कोशी र मधेश प्रदेशलाई जोड्दछ। तस्बिर : नवीन गड्तौला/रासस
काठमाडौँ- अविरल वर्षाले सप्तकोशीमा जलप्रवाह बढेको छ। कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेपछि खतरा महसुस गर्दै ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन्।
जलस्तरले सुरक्षित सीमा पार गरेपछि ब्यारेजको अवस्थालाई ‘अति खतरा’ को सूचीमा राखिएको छ।
प्रकाशित: १० असोज २०८३ ८:४३ | Saturday, September 26, 2026
प्रतिक्रिया



