न्युयोर्क- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनलाई कुनै देशविरुद्धको भू–राजनीतिक प्रतिस्पर्धाको विषय बनाउन नहुने बताएका छन्।
नेपाली समयअनुसार शुक्रबार बिहान जारी सम्बोधनका क्रममा उनले कसैलाई दोष नदिइ जलवायु संकटलाई साझा विश्वव्यापी चुनौतीका रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
उनले जलवायु न्यायका सिद्धान्त संयुक्त राष्ट्रसंघको प्रणालीमा स्पष्ट रहे पनि त्यसलाई व्यवहारमा उतार्ने समय आएको बताएका छन्।
हिमालय क्षेत्रलाई विश्वका लागि जलवायु अनुसन्धानका ‘हिमालयन ल्याबोरेटरी’ का रूपमा विकास गर्न आह्वान गरेका छन्।
भोटेकोशीलगायतका विनाशकारी बाढीले नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जलवायु अनुकूलन, विपद् पूर्वतयारी र अन्तर्राष्ट्रिय सहयोग बढाउन आग्रह गरेका छन्।
उनले नेपालले हरित विकासलाई प्राथमिकता दिँदै विद्युतीय गतिशीलता (इलेक्ट्रिक मोबिलिटी) विस्तारमा जोड दिएको उल्लेख गरेका छन्।
दिगो विकासका लागि ‘सिक्स–आर’ अवधारणालाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।



