काठमाडौँ- नेपाली कांग्रेसले १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ।
कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको हो। लोगोमा बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले नगरपालिका तहका अधिवेशन भइरहेका छन्। पार्टीले वडा हुँदै पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशनको तयारी अघि बढाएको छ।
कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ गतेदेखि काठमाडौँमा हुँदै छ। महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशासमेत तय गर्नेछ।
प्रकाशित: ८ असोज २०८३ १६:२२ | Thursday, September 24, 2026
प्रतिक्रिया



