संसद्को क्यान्टिन महँगो भएर खर्च धान्न कठिन भएको सांसदको गुनासो

हिमाल प्रेस ८ असोज २०८३ १३:१८ | Thursday, September 24, 2026
6
SHARES
संसद्को क्यान्टिन महँगो भएर खर्च धान्न कठिन भएको सांसदको गुनासो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले संघीय संसद्को क्यान्टिन महँगो भएको गुनासो गरेका छन्। प्रतिनिधि सभामा बोल्दै क्यान्टिनको मूल्य अस्वाभाविक रूपमा महँगो भएको भन्दै उनले सांसदहरूको तलबले खानपान र खर्च धान्न कठिन भएको व्यङ्ग्य गरे। क्यान्टिनको गुणस्तर र मूल्य नियन्त्रण गर्न अविलम्ब कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यहाँ लामखुट्टेको प्रकोपसमेत बढेको बताए।

‘क्यान्टिनमा रेटको कुनै तालमेल छैन,’ सांसद भण्डारीले भने, ‘खाजा महँगो छ, जसले गर्दा माननीयहरूले सास्ती भोग्नुपरेको छ। भोकभोकै बस्नुपर्ने वा महँगो मूल्य तिर्नुपर्ने दुवै विकल्प पीडादायी छन्, यसतर्फ संसद् सचिवालयको ध्यान जानु जरुरी छ।’

त्यसैगरी, सांसद भण्डारीले आफ्नो निर्वाचन क्षेत्रमा प्राकृतिक विपत्तिले जनजीवन प्रभावित भएकोसमेत बताए।

प्रकाशित: ८ असोज २०८३ १३:१८ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast