प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्बभन्दा बढी मौज्दात, बाढी प्रभावितका लागि एक अर्ब निकासा

हिमाल प्रेस ८ असोज २०८३ ११:५१ | Thursday, September 24, 2026
6
SHARES
प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्बभन्दा बढी मौज्दात, बाढी प्रभावितका लागि एक अर्ब निकासा

काठमाडौँ- गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो कुराको जानकारी दिएको हो।

कार्यालयका अनुसार कोषमा संकलित रकममध्ये ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ देशका विभिन्न ९ वटा वाणिज्य बैंकका खाताहरूमा नेपाली रुपैयाँमा मौज्दात राखिएको छ। त्यसैगरी, दुई वटा वाणिज्य बैंकमा २५ करोड ४ लाख ७१ हजार ५४६ अमेरिकी डलरसमेत जम्मा रहेको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा पुन: स्थापना कार्यलाई तीव्रता दिन यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा गरिसकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रकाशित: ८ असोज २०८३ ११:५१ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast