काठमाडौँ- काभ्रेपलान्चोकस्थित रोशी गाउपालिकामा यात्रुवाहक बस खोलाको बीच भागमा अलपत्र परेको छ। रोशी गाउँपालिका वडा नम्बर ०७ कटुन्जेबाट थानसिंह जाने भित्री सडकखण्डस्थित खरिबोटमा बस अलपत्र परेको सशस्त्रले जनाएको छ।
झरीले खोलामा बाढी आउँदा बस अलपत्र परेको सशस्त्रले जनाएको छ। बसलाई खोला तार्न विपद् व्यवस्थापन बेस भकुण्डेवेसीबाट सहायक प्रहरी सनी सुमन बुढाथोकीको कमान्ड मा १० जना टोली खटिएको सशस्त्रले जनाएको छ।
प्रकाशित: ८ असोज २०८३ १०:४७ | Thursday, September 24, 2026
प्रतिक्रिया


