कांग्रेस पोखरा महानगर सभापतिमा दुई प्रतिस्पर्धीलाई हराउँदै सुरेन्द्रमान विजयी

हिमाल प्रेस ८ असोज २०८३ ८:३३ | Thursday, September 24, 2026
4
SHARES
कांग्रेस पोखरा महानगर सभापतिमा दुई प्रतिस्पर्धीलाई हराउँदै सुरेन्द्रमान विजयी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन्।

बिजुक्छेले ६८७ मत पाउँदा प्रतिस्पर्धी सन्तोष पौडेलले ३१७ र अर्का प्रतिस्पर्धी गणेशबहादुर थापाले ३१५ मत प्राप्त गरे। महानगर समितिको सभापति एवम् पदाधिकारीको निर्वाचनमा १ हजार ४४८ मतदाता रहेकामा १ हजार ३४१ मत खसेको थियो।

महानगर कार्यसमितिको उपसभापतिमा कीर्तिबल्लभ त्रिपाठी विजयी भए । महिला उपसभापतिमा सुजिता तामाङले जित निकालिन्। सचिवमा धनन्जय पौडेल निर्विरोध निर्वाचित भए। सहसचिवमा दामोदर पराजुली निर्वाचित हुँदा अन्य पदमा भने निर्विरोध भएको थियो।

प्रकाशित: ८ असोज २०८३ ८:३३ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast