एकल साँझमा गुन्जिइन् मीरा राणा, पस्किइन् ६ दशकका चर्चित गीत

हिमाल प्रेस ६ असोज २०८३ ११:४० | Tuesday, September 22, 2026
एकल साँझमा गुन्जिइन् मीरा राणा, पस्किइन् ६ दशकका चर्चित गीत

काठमाडौँ-  गायिका मीरा राणा एकल साँझ गुन्जिएकी छन्। आइतबार साँझ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ६ दशक लामो सांगीतिक यात्राका चर्चित गीतहरू दर्शक तथा श्रोतामाझ पस्किएकी हुन्।

कार्यक्रममा शम्भुजित बासकोटा, रामभक्त जोजिजु, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, कपिल लोहनी, क्यान्सर विजेता गायिकाद्वय तारा थापा र संगीता थापा शाक्य, निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शितल थापा, युनिशा देशार लगायतले मीराका गीत गाएका थिए। मनोहर सुनाम म्युजिक कन्डक्टरका रूपमा रहेका थिए।

प्रकाश सायमीद्वारा सञ्चालित कार्यक्रममा मीराले स्वर सम्राट् नारायण गोपालसँग गाएका तिमी देऊ या नदेऊ, मेरो जोबन लैजाऊ, आँखैमा कसैको तस्बिर बसेछ, बैनीको दया छ भने लगायतका गीत प्रस्तुत गरिएको थियो।

शम्भुजित बास्कोटासँग गाएको नाच्देउ मैच्याङ र सिन्धुपाल्चोक जिल्लामा तथा कुमार बस्नेतसँगको मादल घनघन घन्काऊँ कि, लेक फुल्यो लालीगुराँसलगायतका गीत पनि कार्यक्रममा गुन्जिएका थिए।

राणाका चर्चित एकल गीत मखमली चोलो चाहिँदैन, मात चढेको साँझ, नशालु रात, मेरो पाउमा आज, साम्द सदा शिव, बिर्सिएर मैले फेरि, आजसम्म जसरी बाँचेर आएँ, मेरो फूललाई वसन्त भयोलगायतका गीत पनि प्रस्तुत गरिएको थियो।

क्यान्सरलाई जितेकी र क्यान्सरकै कारण आफ्ना पति उदयजंग राणालाई गुमाएकी मीराले क्यान्सर पीडितलाई सहयोग गर्ने उद्देश्यले मीरा राणा क्यान्सर समाज स्थापना गरी सोही समाजबाट कोष खडा गरेर क्यान्सर पीडितलाई सहयोग गर्ने उद्देश्यले एकल सांगीतिक साँझ आयोजना गरेकी हुन्।  सो अवसरमा एक संस्थाले मीराको साङ्गीतिक योगदानको सम्मानमा ५० हजार रुपियाँसहित उनलाई सम्मान पनि गरेको थियो।

प्रकाशित: ६ असोज २०८३ ११:४० | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast