पल शाह अभिनित पल ‘आ बाट आमा २’को टिजर सार्वजनिक

हिमाल प्रेस ६ असोज २०८३ ८:३९ | Tuesday, September 22, 2026
6
SHARES
पल शाह अभिनित पल ‘आ बाट आमा २’को टिजर सार्वजनिक

काठमाडौँ- फिल्म ‘आ बाट आमा २’ को टिजर सार्वजनिक भएको छ। आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको ३ मिनेट ३८ सेकेन्ड लामो टिजर सोमबार सार्वजनिक गरिएको हो।

टिजरमा अभिनेता पल शाह, अभिनेत्री विपना थापा र मलिका महतलाई केन्द्रमा राख्दै आमा–छोराको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ। टिजरमा कृष्णको भूमिकामा रहेका पलले मलिकालाई बोकेर हिँडिरहेको देखिन्छ। आमाको औषधि लिन अस्पताल पुगेका कृष्णले मलिकालाई जीवनभर बोकेर हिँड्ने भाव व्यक्त गर्छन्।

यही क्रममा आमाको फोन आउँदा कृष्णले उठाउँदैनन्। घर फर्किएपछि आमा सुतिरहेको देख्दा उनको मनमा उत्पन्न हुने डर र बेचैनीलाई टिजरमा भावुक ढंगले प्रस्तुत गरिएको छ।

दशैँको परिवेशसँगै आमाको पर्खाइ, सन्तानको जिम्मेवारी र पारिवारिक सम्बन्धको संवेदनालाई कथाको केन्द्रमा राखिएको देखिन्छ। ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’लाई मुख्य भाव बनाएको फिल्म विजया दशमीको अवसर पारेर असोज ३० गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायत कलाकारको अभिनय छ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको फिल्मको लेखन चन्द्र पन्त र रोशन भट्टले गरेका हुन् भने संवाद रोशन भट्टको रहेको छ। करण सिंह कार्यकारी निर्माता रहेको फिल्ममा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन्।

प्रकाशित: ६ असोज २०८३ ८:३९ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast