टंकसँग छुटेपछि पीडामा अशोक दर्जी, आर्थिक संकटले परिवार धान्न सकस

'अब यात्रा दिन मेरो कष्टै कष्टमा बित्छ होला'

हिमाल प्रेस ४ असोज २०८३ १४:०५ | Sunday, September 20, 2026
टंकसँग छुटेपछि पीडामा अशोक दर्जी, आर्थिक संकटले परिवार धान्न सकस बाल गायक अशोक दर्जी र उनको झापास्थित घर। तस्बिर : अशोक फेसबुक

काठमाडौँ- बालगायक अशोक दर्जीले आर्थिक चपेटामा परेको गुनासो गरेका छन्। लामो समय गायक तथा संगीतकार टंक बुढाथोकीसँग बसेका उनी केही समयअघि मात्रै अलग्गिएका थिए।

अशोक-टंकको सम्बन्धलाई लिएर चर्चा चलिरहेका बेला अशोकले भने आर्थिक संकटमा परेको बताएका छन्। कुनैबेला सडकमा भौतारहेको बेला सहयोग लिएको सम्झदै अशोकले अहिले सोही अवस्थामा पुगेको बताएका छन्।

‘लाइफमा हार खाएँ, जीतेँ पनि, फेरि लडेँ पनि। मेरो जीवनमा धेरै चिज भयो। आज म सडकको बच्चा सडकमै छु। मेरो यात्रा दिन त्यस्तै नै छ। हार खान सिकेको छैन, आत्म बल छ, लडिराखेको छु। सानो उमेरमा समाजको माया पाएको छु, समाजको मायालाई सधैं संगाल्ने छु, अझै गरेर देखाउनु छ, समाजको लागि।’ उनले दसैँतिहार नजिकिँदै गर्दा खर्चको समस्या भएको सुनाएका छन्।

‘सानैदेखि एउटा गरिब परिवारको परिवार मा जन्मेर होला, धेरै दुःख कष्ट सहेर आउनु पर्यो। तर म गरिबको छोरा हो भनेर मलाई दुःख छैन, किनभने गरिब हुनु हाम्रो गल्ती हैन। यो त सबैको आफ्नो आफ्नो भाग्य हो। अब यात्रा दिन मेरो कष्टै कष्टमा बित्छ होला, तर म लड्छु, आफैं उड्छु, म आफ्नो कामहरू गर्छु।’ उनले सामाजिक सन्जालमा भनेका छन्। आफ्ना गीतलाई साथ दिन अपिल गर्दै जीवनमा गल्ती गरेको भए क्षमा दिन पनि अनुरोध गरेका छन्।

प्रकाशित: ४ असोज २०८३ १४:०५ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast