काठमाडौँ- नेकपा एमालेका नेता सूर्य थापाले महाधिवशेनमा केपी शर्मा ओली प्यानलबाट लडेका नेताले पुनर्गठन भन्न नमिल्ने बताएका छन्। उनले केही नेताको नाम लिएर उनीहरूले बाहेकले ओलीको राजीनामा माग्न नहने बताएका हुन्।
‘ईश्वर पोखरेल,गोकर्ण विष्ट,सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायत १२ भाइले छाड्नुस भन्न मिल्छ।’ थापाले भनेका छन्,’अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन।’
गएको ११ औँ महाधिवेशनमा ओली र ईश्वरका दुई प्यानल भिडेका थिए। पदाधिकारीको अध्यक्षमा ईश्वरले हार्दा उपाध्यक्षमा गोकर्ण विष्टले जिते। महासचिवमा सुरेन्द्र पाण्डे शंकर पोखरेलसँग पराजित भए।
ईश्वरकै प्यानलबाट योगेशले पनि जितेका थिए। त्यही कारण थापाले यी नेताको नामै लिएर ओलीको प्यानलबाहेककाले मात्र पुनर्गठन भन्न मिल्ने बताए। उनले घुमाउरो शैली विष्णु पौडेल र शंकर पोखरेलले पुनर्गठन भन्न नमिल्ने बताए।


