रसुवा जाने सबै राजमार्ग ठप्प, बीपी राजमार्ग अवरुद्ध [यस्तो छ सडकको अवस्था]

हिमाल प्रेस ४ असोज २०८३ ९:२० | Sunday, September 20, 2026
रसुवा जाने सबै राजमार्ग ठप्प, बीपी राजमार्ग अवरुद्ध [यस्तो छ सडकको अवस्था] बिपी राजमार्ग। फाइल तस्बिर।

काठमाडौँ- विभिन्न ठाउँमा भइरहेको वर्षाका कारण सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरीको विवरणअनुसार बागमती प्रदेशतर्फ खुक–नेपालथोक–कटुन्जेबेँसी हुँदै चल्ने सवारीका लागि बीपी राजमार्ग प्रभावित छ।

बाढीका कारण रसुवाको मुख्य राजमार्ग सबै प्रभावित छन्। अर्को सूचना नभएसम्म पूर्ण रूपमा अवरोध रहेको प्रहरीले जनाएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा टोखा–छहरे सडकखण्ड बाढी तथा पहिरोको जोखिममा छ। राति १० बजेदेखि बिहान ५ बजेसम्म यहाँ सवारी सञ्चालनमा रोक लगाइएको छ।

नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वालामुखी र शीतलबजार क्षेत्रमा पृथ्वी लोकमार्ग पहिरोका कारण प्रभावित छ। दुवै स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

कोशी प्रदेशतर्फ संखुवासभको मकालु गाउँपालिका–४ नेता भीरमा पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ असोज २०८३ ९:२० | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast