रियाद विमानस्थलमा हवाई आक्रमण भएको हो?

हिमाल प्रेस ३ असोज २०८३ २१:१२ | Saturday, September 19, 2026
रियाद विमानस्थलमा हवाई आक्रमण भएको हो?

काठमाडौँ- साउदी अरबको राजधानी रियादमा हवाई आक्रमणको चेतावनी जारी भएको केही घण्टापछि रियाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै कालो धुवाँको ठूलो मुश्लो देखिएको छ।

इरान समर्थित हुथी विद्रोहीहरुसँग हालै बढेको तनावपछि रियादका स्थानीयलाई अलर्ट जारी गरी घरभित्रै बस्न सल्लाह दिइएको यो पहिलोपटक थियो।

त्यसयता राजधानीमा धेरैवटा विस्फोटका आवाजहरु सुनिएका छन् र किंग खालिद अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित भएको जानकारी प्राप्त भएको बीबीसीले जनाएको छ।

विमानस्थल नजिककैको एउटा इन्धन ट्यांकीमा आगो लगाइएको बताइएको छ। यद्यपि साउदी अधिकारीहरुका तर्फबाट यस विषयमा कुनै आधिकारिक बयान आएको छैन।

साउदी सिभिल डिफेन्सले रातभर फोनमा अलर्ट पठाएर रियाद र अन्य क्षेत्रहरुमा सम्भावित खतराको चेतावनी दिएको थियो र शनिबार बिहान खतरा टरेको सन्देश जारी गरेको थियो।

स्थानीयहरुका अनुसार अलर्ट जारी भएपछि सहरमा धेरैवटा विस्फोटको आवाज सुनिएको थियो।

प्रकाशित: ३ असोज २०८३ २१:१२ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast