काठमाडौँ- काठमाडौँको जडिबुटीमा ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले बा।९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार काभ्रेकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको हो।
कोटेश्वरवाट जटिबुटी हुँदै भक्तपुर आउने क्रममा शुक्रबार कार्की सवार मोटरसाइकललाई सोही दिशावाट आइरहेको टयाङ्करले ठक्कर दिएको हो।
दुर्घटनामा मोटसाइकल चालक एवं कार्कीका श्रीमान् काभ्रेको तिमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएका छन्।
ट्याङ्कर चालक र दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ३ असोज २०८३ ६:३२ | Saturday, September 19, 2026
प्रतिक्रिया


