यी १० जनप्रतिनिधिले गुमाए नेकपा छाड्दा जनप्रतिनिधि पद

हिमाल प्रेस १ असोज २०८३ ८:५४ | Thursday, September 17, 2026
यी १० जनप्रतिनिधिले गुमाए नेकपा छाड्दा जनप्रतिनिधि पद

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रका साविक नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीमा चुनाव लडेका तर पार्टी छाडेका १० जना जनप्रतिनिधि पदमुक्त भएका छन्। निर्वाचन आयोगले सूचना जारी गर्दै नेकपा परित्याग गरेका १० जना जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन तथा नियमावलीअनुसार उनीहरूको पद रिक्त भएको जनाएको छ। पद रिक्त हुनेमा कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी पनि छन्। गिरी तत्कालीन नेकपा ९माओवादी केन्द्र०बाट २०७९ को स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा विजयी भएका थिए।

गत चुनावताका उनी रास्वपा प्रवेश गरेका थिए। त्यसैगरी खोटाङको बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई पनि पदमुक्त भएका निर्वाचन आयोगले जनाएको छ। त्यस्तै धनुषाको शहीदनगर नगरपालिका– ८ का वडाध्यक्ष तनुकलाल कुसियत, विदेह नगरपालिका– ६ का वडाध्यक्ष जयराम मण्डल, कमला नगरपालिका– ५ का वडाध्यक्ष शीवा पासवान र मिथिला नगरपालिका– २ का वडाध्यक्ष बिहारी महतो कोइरी पनि पदमुक्त भएका छन्।

खोटाङको केपिलासगढी गाउँपालिका– ३ का वडाध्यक्ष तुलाराम राई, डोलखाको जिरी नगरपालिका– ६ का वडाध्यक्ष मारिजबहादुर खड्का र वडा नम्बर ३ का वडाध्यक्ष खेटराज घिमिरे पनि पदमुक्त भएका निर्वाचन आयोगले जनाएको छ।

त्यसैगरी मोरङको धनपालथान गाउँपालिका– ५ का वडाध्यक्ष गयानन्द सरदार पनि पदमुक्त भएका छन्।

पद रिक्त भएका यी १० जना जनप्रतिनिधि २०७९ सालको निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट विजयी भएका थिए। माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टी एकता गरेपछि हाल नेकपा बनेको छ। जसको संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाल छन्।

राजनीतिक दलसम्बन्धी कानुनमा कुनै दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निर्वाचित भएको दल त्याग गरेमा पद रिक्त हुने व्यवस्था छ।

हेर्नुहोस निर्वाचन आयोगको सूचना

प्रकाशित: १ असोज २०८३ ८:५४ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast