खोटाङबाट २ करोड बराबरको १३ सय १५ किलो गाँजा नष्ट

हिमाल प्रेस १ असोज २०८३ ८:१० | Thursday, September 17, 2026
खोटाङबाट २ करोड बराबरको १३ सय १५ किलो गाँजा नष्ट

खोटाङ- जिल्ला प्रहरी कार्यालयले केही दिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम अवैध गाँजा नष्ट गरेको छ । गत साउन २१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा ‘लोड’ गरेर राखिएको अवस्थामा बरामद गरिएको रु दुई करोड मूल्य बराबरको अवैध गाँजा प्रहरीले बुधबार नष्ट गरेको हो।

जङ्गलमा रोकेर राखेको ट्रक शंकास्पद लागेर परीक्षण गर्दा गाँजा लुकाएर राखेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको वालिङमा रोकेर राखिएको ट्रकमा गाँजा भेटिए पनि चालक वा अन्य कोही पनि भेटिएका थिएनन् । गाँजा बोक्ने ट्रकको चालक फरार रहेको र गाँजा धनीको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए। सडकमा भेटिएका गाँजासहितको ट्रक नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो।

प्रकाशित: १ असोज २०८३ ८:१० | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast