परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

हिमाल प्रेस ३१ भदौ २०८३ १५:४८ | Wednesday, September 16, 2026
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बुधबार बिदाइ भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटमा परराष्ट्रमन्त्री खनालले सफल कार्यकाल सम्पन्न गरेकोमा श्रीवास्तवलाई बधाई दिएको मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। उनले नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा सम्पर्क सञ्जालका क्षेत्रमा भएका महत्त्वपूर्ण प्रगति र दुई देशका जनताबीचको सम्बन्धबारे चर्चा गरे।

यसैगरी, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपाललाई भारतले देखाएको ऐक्यबद्धता तथा विपद्पछिको खोज, उद्धार र राहतका लागि गरेको शीघ्र सहयोगप्रति परराष्ट्रमन्त्री खनालले कृतज्ञता व्यक्त गरे। उनले राजदूत श्रीवास्तवको आगामी कार्यकाल तथा भावी प्रयासका लागि शुभकामना व्यक्त गरे।

भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति गहिरो प्रशंसा व्यक्त गरे। उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गरे।
श्रीवास्तव २०७९ जेठमा नेपालका लागि भारतीय राजदूत नियुक्त भएका थिए। विनयमोहन क्वात्रा भारतीय विदेश सचिव नियुक्त भएपछि श्रीवास्तवलाई नेपालको राजदूत बनाएर पठाइएको थियो।

भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूतका रूपमा पनि जिम्मेवारी सम्हालिसकेका छन्।

प्रकाशित: ३१ भदौ २०८३ १५:४८ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast