कांग्रेस महाधिवेशन : सभापति उठ्न ४० हजार, सदस्यका लागि ११ हजार

हिमाल प्रेस ३० भदौ २०८३ १५:०५ | Tuesday, September 15, 2026
कांग्रेस महाधिवेशन : सभापति उठ्न ४० हजार, सदस्यका लागि ११ हजार

काठमाडौँ- नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई अघि बढाउँदै विभिन्न तहका पद तथा प्रतिनिधिका लागि मनोनयन (उम्मेदवारी) दस्तुर निर्धारण गरेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार जारी गरेको ‘निर्वाचन निर्देशिका, २०८३’ अनुसार केन्द्रीय सभापतिका लागि उम्मेदवारी दस्तुर ४० हजार रुपैयाँ तोकिएको छ।

उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ। यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ७ हजार र महासमिति सदस्यका लागि ५ हजार रुपैयाँ दस्तुर तोकिएको छ।

प्रदेश कार्यसमितिका सभापतिका लागि २० हजार रुपैयाँ उम्मेदवारी दस्तुर तोकिएको छ। उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार तथा प्रदेश सदस्य र प्रदेश अधिवेशन प्रतिनिधिका लागि ५ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।

जिल्ला सभापतिका लागि १५ हजार रुपैयाँ दस्तुर तोकिएको छ भने उपसभापति र सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार तथा सदस्यका लागि ३ हजार रुपैयाँ तोकिएको छ।

प्रतिनिधिसभा क्षेत्रीय सभापतिका लागि १० हजार रुपैयाँ, उपसभापति र सचिवका लागि ५ हजार, सहसचिवका लागि ४ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।

प्रदेशसभा क्षेत्रीय सभापतिका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ तोकिएको छ।

स्थानीय तहअन्तर्गत महानगर तथा उपमहानगर सभापतिका लागि ७ हजार रुपैयाँ दस्तुर तोकिएको छ। उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।

नगरपालिका र गाउँपालिका सभापतिका लागि समान ५ हजार रुपैयाँ दस्तुर तोकिएको छ। नगरपालिकामा उपसभापति र सचिवका लागि ३ हजार, सहसचिवका लागि २ हजार तथा सदस्यका लागि १ हजार रुपैयाँ तोकिएको छ।

गाउँपालिकामा उपसभापति र सचिवका लागि २ हजार, सहसचिवका लागि १ हजार ५ सय तथा सदस्यका लागि १ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।

वडा सभापतिका लागि १ हजार रुपैयाँ दस्तुर तोकिएको छ। उपसभापति, सचिव र सहसचिवका लागि ७ सय तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।

वडा अधिवेशन आगामी असोज ३ र ४ गतेदेखि सुरु हुनेछ। असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।

प्रकाशित: ३० भदौ २०८३ १५:०५ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast