काठमाडौँ- एआईसँग जोडिएका कम्पनीहरुको सेयरमा सोमबार तीव्र रुपमा ओरालो लागेको छ। यो गिरावट एआई क्षेत्रका प्रमुख व्यक्तिहरुले यस प्रविधिको विकासलाई सुस्त बनाउन अपिल गरेपछि आएको हो।
दक्षिण कोरियामा रातभरतको कारोबारमा चिप निर्माता एसके आइनिक्सको सेयर ६.४ प्रतिशतले घट्यो भने सामसुङ इलेक्ट्रोनिक्समा ४.१ प्रतिशतको गिरावट आयो।
ओपन एआईमा ठूलो लगानी गरेको जापानको सफ्टबैंकमा १० प्रतिशतभन्दा बढीको गिरावट आयो।
युरोपको सेयरहरुमा पनि यही ट्रेन्ड देखिन पुग्यो। सेमिकन्डक्टर डिजाइन र निर्माण गर्ने जर्मनीको इन्फिनियोनको सेयर ७.६ प्रतिशत तल झ¥यो भने चिप बनाउने दिग्गज डच कम्पनी एएसएमएलको सेयर ५.२ प्रतिशतले घट्यो।
एआईसँग जोडिएका सेयरहरु केही समयदेखि लगातार बढिरहेको थियो।
तर, प्रविधि आवश्कताभन्दा बढी शक्तिशाली हुँदै गएको चिन्ताले यस क्षेत्रमा असर पारिररहेको छ।
विगत केही वर्षहरुमा एआई र यससँग जोडिएका कम्पनीहरुमा यो क्षेत्र लगातार बढ्ने र नाफा दिने भन्ने आशाका साथ ठूलो मात्रामा लगानी भएको छ। तर एआई कम्पनीहरुको मूल्यांकन नियन्त्रण बाहिर गएको कतिपयको तर्क छ।
यसले १९९० को दशकको अन्त्यतिर सुरुवाती इन्टरनेट आधारित कम्पनीहरुमा देखिएको डटकम उछाल र गिरावट (डटकम बबल) दोहोरिन सक्ने आशा बढाएको छ।
ओपनएआईका सहसंस्थापक तथा सीईओ स्याम अल्टम्यान एआईको विकासलाई लिएर सावधानी अपनाउन अपिल गर्ने मानिसहरुमा पर्छन्।
चीनमाथि ट्रम्पको निशाना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईलाई लिएर मच्चिएको हलचल र विश्व बजारका टेक कम्पनीहरुको सेयरमा आएको गिरावटका बीच चीनमाथि टिप्पणी गरेका छन्।
उनले लेखेका छन्,‘एआईलाई चाहिने एकमात्र नियन्त्रण भनेको एक बलियो र समझदार (उच्च आईक्यु भएको) राष्ट्रपति हो र अमेरिकासँग त्यस्तै राष्ट्रपति छ।’
एआईसँग जोडिएका मानिसहरुलाई खराब काम गर्नबाट आफूहरुले रोकेको उनले दाबी गरेका छन्।
उनले भने,‘एआई र डेटा सेन्टरहरुविरुद्ध एउटा षडयन्त्र भइरहेको छ र यसबाट खसुी हुने एकमात्र देश चीन हो। हामी चीन र बाँकी सबैभन्दा अगाडि छौँ र अगाडि नै रहनेछौँ। षडयन्त्रका सिद्धान्त बुन्नेहरु, देशद्रोहीहरु, गद्दारहरु र जानकारी चुहाउनेहरु सावधान।’
एआईको भविष्यलाई लिएर धेरै दिनदेखि जारी हलचलपछि धेरै अमेरिकी टेक कम्पनीहरुको सेयरमा ठूलो गिरावट देखिएको छ।


