नेप्से बढ्यो, कारोबार रकम ४ अर्ब ६८ करोड

हिमाल प्रेस २९ भदौ २०८३ १७:१८ | Monday, September 14, 2026
नेप्से बढ्यो, कारोबार रकम ४ अर्ब ६८ करोड

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार लगातार दोस्रो दिन बढेको छ। नेप्से परिसूचक २५.५५ अंक अर्थात् ०.९९ प्रतिशतले बढेर २ हजार ५८५.०४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।

कारोबार अवधिभर नेप्से परिसूचक अधिकांश समय सकारात्मक रह्यो। करिब २ हजार ५५९ विन्दुबाट खुलेको बजार २ हजार ५८७.३४ विन्दुसम्म पुगेपछि अन्त्यतिर केही घटेको थियो। ब्लुचिप कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.९९ प्रतिशतले बढेको छ।

साताको पहिलो कारोबार दिन बजारको समग्र अवस्था सकारात्मक रह्यो। २२६ कम्पनीको सेयर मूल्य बढ्दा ४७ कम्पनीको घटेको छ भने दुई कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

कुल कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेर ४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। सोमबार ४९ हजार ७४ कारोबारमार्फत १ करोड १६ लाख कित्ता सेयर किनबेच भएको छ।

व्यक्तिगत कम्पनीतर्फ इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ६.४३ प्रतिशतले बढेको छ।

त्यसपछि त्रिशूली जलविद्युत् कम्पनीको ६.३८ प्रतिशत र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको ५.९३ प्रतिशतले बढेको छ।

उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ८.२३ प्रतिशतले घटेको छ। अवियन लघुवित्त वित्तीय संस्थाको ५.२२ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डको ५.११ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अगाडि रह्यो। उक्त कम्पनीको २४ करोड ९० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भयो।

लिबर्टी इनर्जी कम्पनीको २३ करोड ८४ लाख १० हजार रुपैयाँ र सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको २० करोड ३८ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भयो।

म्युचुअल फन्ड उपसूचकबाहेक सबै उपसूचक हरियो रहे। म्युचुअल फन्ड उपसूचक ०.३१ प्रतिशतले घट्दा वित्त उपसूचक सबैभन्दा धेरै १.६७ प्रतिशतले बढ्यो। त्यसपछि निर्जीवन बीमा उपसूचक १.५१ प्रतिशत र जीवन बीमा उपसूचक १.४५ प्रतिशतले बढे।

प्रकाशित: २९ भदौ २०८३ १७:१८ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast