गगन थापा नेतृत्वको कांग्रेसबाहेक अर्को कुनै कांग्रेस छैन : सहमहामन्त्री रसाइली

हिमाल प्रेस २९ भदौ २०८३ १६:५७ | Monday, September 14, 2026
गगन थापा नेतृत्वको कांग्रेसबाहेक अर्को कुनै कांग्रेस छैन : सहमहामन्त्री रसाइली

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले विधानतः पार्टीभित्र कुनै पनि समस्या नरहेको दाबी गरेका छन्।

कांग्रेसमा कुनै आन्तरिक द्वन्द्व नरहेको र सिंगो पार्टीको ध्यान अब आगामी महाधिवेशनमा केन्द्रित भइसकेको उनले बताए।

विशेष महाधिवेशनको प्रसंग उल्लेख गर्दै उनले वृद्धाश्रम र आर्यघाट पुगुन्जेलसम्म पद ओगटिरहनुपर्छ भन्ने परिपाटी र सोचलाई कांग्रेसले चिरेको दाबी गरे।

‘गगन थापाको नेतृत्वमा रहेको कांग्रेसबाहेक अर्को कुनै कांग्रेस छैन’, रसाइलीले भने, ‘यदि कसैले त्योभन्दा बाहिर अर्को कांग्रेसको कुरा गर्छ भने त्यो नेपाली कांग्रेसको विधानको मात्र नभई निर्वाचन आयोग र सर्वोच्च अदालतको समेत अवहेलना हो।’

उनले आगामी निर्वाचनमा कांग्रेसलाई पुनः पहिलो पार्टी बनाउने दृढता व्यक्त गरे।

प्रकाशित: २९ भदौ २०८३ १६:५७ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast