तीजमा माइत जाने क्रममा खोलाले बगाएकी महिलाको शव फेला

हिमाल प्रेस २९ भदौ २०८३ १६:३६ | Monday, September 14, 2026
तीजमा माइत जाने क्रममा खोलाले बगाएकी महिलाको शव फेला

गुल्मी- स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका-५ की २९ वर्षीया कल्पना पुनको शव फेला परेको छ।

उनको शव घटनास्थलभन्दा करिब एक किलोमिटर टाढा ठूला पहिरामा खोलाको बीचमा अड्किएको अवस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

गत आइतबार साँझ घरबाट इश्मा गाउँपालिका-४ हुलास्थित तीजमा माइतीघर जाने क्रममा स्थानीय खोला तर्दै गर्दा पुनलाई बगाएको थियो।

घटनाबारे तत्कालै स्थानीयले जानकारी गराएपछि प्रहरी चौकी इश्मा र प्रहरी चौकी पौदीअमराईबाट प्रहरी टोली खोज तथा उद्धारका लागि खटिएको थियो।

खोजतलासको क्रममा आइतबार राति खोला किनारमा पुनले लगाएको कपडा, ह्यान्डब्याग र चप्पल मात्र फेला परेको थियो।

उक्त शवलाई पोष्ट मार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ भदौ २०८३ १६:३६ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast