‘झिँगे दाउ–२’ मा घरझगडा र मातृत्व प्राथमिकतामा [ट्रेलरसहित]

हिमाल प्रेस २९ भदौ २०८३ ११:२७ | Monday, September 14, 2026
‘झिँगे दाउ–२’ मा घरझगडा र मातृत्व प्राथमिकतामा [ट्रेलरसहित]

काठमाडौँ- ज्ञानेन्द्र देउजाको निर्देशित फिल्म ‘झिँगे दाउ–२’मा घरझगडा र मातृत्वलाई प्रमुखरूपमा देखाइएको छ।  असोजको २ गतेबाट रिलिजमा आउने फिल्मको ट्रेलरमा दाजुभाइ, देउरानी जेठानीको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमा खोज्ने विषय समेटिएको छ।

आमा खोज्ने विषयमा छोरा र बुहारीहरूबीचको झगडा र मतभेदलाई ट्रेलरले देखाएको छ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय छ ।

देउजाको निर्देशन रहेको फिल्ममा परिच्छेद सेनको पटकथा तथा संवाद छ।

प्रकाशित: २९ भदौ २०८३ ११:२७ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast