काठमाडौँ- महिला एसिया कपको उपाधि भारतले जितेको छ। आइतबार दुबईमा भएको खेलमा श्रीलंकालाई ७२ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो।
खेलमा भारतले दिएको १८४ रनको लक्ष्य पछ्याएको श्रीलंका १११ रनमा अल आउट भयो। श्रीलंकाका लागि कप्तान चमारी अथापाथुले ३६, निलाक्षी डी सिल्भा २२ र विष्मी गुनारत्नेले २० रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्।
भारतका श्री चरणीले ४ तथा दीप्ति शर्मा ३ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ बनाएको थियो।
भारतका लागि शफाली वर्माले ६८ तथा स्मृति मन्धाना ५९ रन प्रहार गरेका थिए।
प्रकाशित: २९ भदौ २०८३ १०:३८ | Monday, September 14, 2026
प्रतिक्रिया


