‘जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य गरिरहेका छौँ’

हिमाल प्रेस २८ भदौ २०८३ २०:०५ | Sunday, September 13, 2026
‘जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य गरिरहेका छौँ’

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।

‘जोखिममा रहेका हिमताल ‘ब्लास्टिङ’ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले कटाएर जोखिम कम गर्नुपर्छ, आवश्यक तयारी सकिएपछि निर्णय लिनेछौँ,’ उनले भने।

जोखिम घटाउने सम्बन्धमा विज्ञहरुसँग परामर्श लिइरहेको जानकारी दिँदै ऊर्जामन्त्री श्रेष्ठले जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिइने बताए।

उनकाअनुसार ग्रीन क्लाइमेट फण्ड (जीसीएस) बाट प्राप्त सहयोग परिचालन गरेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त अध्ययनअनुसार नेपालमा २१ हिमताल जोखिमयुक्त छन्। कोशी र गण्डकी क्षेत्रमा चारवटा अतिउच्च जोखिमयुक्त हिमताल छन्।

प्रकाशित: २८ भदौ २०८३ २०:०५ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast