काठमाडौँ- नेपाली कांग्रेस देउवा पक्षले महाधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समिति संयोजक तोकेको छ।
देउवा पक्षले एकराज पोख्रेल (संखुवासभा) लाई केन्द्रीय निर्वाचन समिति संयोजक तोकेको हो।
सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३५ बमोमिज पोख्रेललाई केन्द्रीय निर्वाचन समिति संयोजक तोकिएको जानकारी दिए।
देउवा समूहले आगामी मंसिर २१-२३ गतेसम्म काठमाडौँमा पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहे पनि विशेष महाधिवेशन पक्षधरले महाविधेशनको प्रक्रिया अगाडि बढाएपछि १४ औँ महाधिवेनबाट निर्वाचित केन्द्रीय कार्यसमिति महाधिवेशन गर्न बाध्य बनेको देउवा समूहको भनाइ छ।
प्रकाशित: २८ भदौ २०८३ १७:४४ | Sunday, September 13, 2026
प्रतिक्रिया


