‘छापा माध्यम बचाउ सुझाव कार्यदल’ ले ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

हिमाल प्रेस २८ भदौ २०८३ १६:३८ | Sunday, September 13, 2026
‘छापा माध्यम बचाउ सुझाव कार्यदल’ ले ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौँ- ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’ ले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएको छ।

पार्टी कार्यालय च्यासलमा आइतबार आयोजित एक कार्यक्रमका बीच कार्यदलले अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाएको हो।

लोककल्याणकारी विज्ञापनवापत उपलब्ध गराइने रकम सरकारले कटौती गर्ने निर्णय गरेपछि कार्यदलले विभिन्न राजनीतिक दलका साथै सरोकारवालाहरूलाई ध्यानाकर्षणपत्र बुझाउन थालेको हो।

कार्यदलका प्रतिनिधिले अध्यक्ष ओलीलाई भेटी छापा सञ्चारमाध्यमले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी गराउँदै लोककल्याणकारी विज्ञापनको रकम कटौती हुन नदिन आग्रह गरेका हुन्।

छापामाध्यमको आर्थिक अवस्था कमजोर बन्दै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनको रकम कटौती हुँदा सञ्चारमाध्यमको नियमित प्रकाशन तथा पत्रकारको रोजगारीमा प्रत्यक्ष असर पर्ने कार्यदलले जनाएको छ।

कार्यदलले छापामाध्यमको संरक्षण र प्रवर्द्धनका लागि राज्यबाट उपलब्ध हुँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन तथा यसको रकम कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ।

नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश कमिटीका तर्फबाट गठन गरिएको कार्यदलका संयोजक दामोदर दवाडी र प्रतिनिधिले छापामाध्यमको वर्तमान अवस्था, आर्थिक संकट तथा सञ्चार क्षेत्रको दिगोपनाका लागि आवश्यक नीतिगत व्यवस्थाका विषयमा पनि अध्यक्ष ओलीसँग छलफल गरेका थिए।

अध्यक्ष ओलीले आफूहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं लोककल्याणकारीका पक्षमा रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast