प्रतीकात्मक तस्बिर।
काठमाडौँ- बझाङमा ज्येष्ठ नागरिक भत्ता बुझ्न गएकी एक वृद्धाको बाटोमै मृत्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा १ परिंगालकी ७० वर्षीया सीता गिरीको बाटोमा बुधबार मृत्यु भएको हो।
गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठ नागारिक भत्ता बुझेर घर फर्कने क्रममा उनको खौलागणा भन्ने स्थानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्वासप्रश्वासको समस्या रहेकी गिरीको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित: २६ माघ २०७९ ८:१२ | Thursday, February 9, 2023
प्रतिक्रिया





