कांग्रेस इतर समूहले सबै जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि

हिमाल प्रेस २७ भदौ २०८३ १७:२८ | Saturday, September 12, 2026
कांग्रेस इतर समूहले सबै जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौँ- नेपाली कांग्रेसको संस्थान इतर समूहले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। १५ औँ महाधिवेशनअघि अधिवेशनहरू सम्पन्न गर्न इतर समूहले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो।

सचिवालय सम्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले जिल्ला, संघीय निर्वाचन क्षेत्र क्षेत्रीय, प्रदेशसभा निर्वाचन क्षेत्र क्षेत्रीय, पालिका, वडालगायतका अधिवेशन तयारी समिति गठन गर्न केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिए।

केन्द्रीय प्रतिनिधिहरूलाई असोज ३ गतेभित्र तयारी समिति गठन गर्न भनिएको छ।

भदा १७ र १८ गते बसेको १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठकले मंसिर २१–२३ गतेसम्म काठमडौँमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहे तापनि विशेष महाधिवेशन पक्षले महाधिवेशन प्रक्रिया अगाडि बढाएको भन्दै १५ औँ महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व भएको इतर पक्षको भनाइ छ।

‘आधिकारिकता सम्बन्धी विवाद सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यकतालिका सार्वजनिक गरी अधिवेशनको गतिविधि गर्न लागेकोले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व छ,’ कुइकेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संस्थापन र इतर समूहले महाधिवेशनलक्षित समानान्तर गतिविधि अगाडि बढाउन थालेपछि कांग्रेस विभाजनको संघारमा पुगेको पार्टीका नेताहरूको भनाइ छ।

यद्यपि कतिपय नेताले भने दुवै पक्षलाई महाधिवेशन प्रक्रिया रोकेर पार्टी एकताका लागि अगाडि बढ्न अपिलसमेत गरेका छन्।

कुन जिल्लामा को खटाइए?

प्रकाशित: २७ भदौ २०८३ १७:२८ | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast