भारतबाट दुईदिनमा नेपाल भित्रियो झन्डै साढे ३ लाख सिलिन्डर ग्यास, बजारमा अझै अभाव

हिमाल प्रेस २७ भदौ २०८३ ८:१० | Saturday, September 12, 2026
भारतबाट दुईदिनमा नेपाल भित्रियो झन्डै साढे ३ लाख सिलिन्डर ग्यास, बजारमा अझै अभाव

काठमाडौँ- पछिल्लो दुई दिनको अवधिमा नेपालका विभिन्न नाका हुँदै भारतबाट झण्डै साढे ३ लाख सिलिन्डर बराबरको एलपी ग्यास भित्रिएको छ ।

नेपाल आयल निगमका अनुसार बिहीबार र शुक्रबार गरी दुई दिनमा कुल ३ लाख ४५ हजार ८५ सिलिन्डर बराबरको ग्यास आयात भएको हो।

निगमको विवरणअनुसार यी दुई दिनमा कुल ४ हजार ९००.२ मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ। जसमा भदौ २५ गते ३ हजार ७७।९ मेट्रिक टन (२ लाख १६ हजार ७५३ सिलिन्डर) र २६ गते १ हजार ८२२.३ मेट्रिक टन (१ लाख २८ हजार ३३२ सिलिन्डर) ग्यास आयात भएको छ।

वीरगन्ज नाकाबाट सबैभन्दा बढी आपूर्ति भएको देखिएको छ। दुई दिनको अवधिमा वीरगन्ज नाकाबाट मात्रै २ हजार ९२६.११ मेट्रिक टन ग्यास भित्रिएको छ। त्यसैगरी भैरहवा नाकाबाट ७०२.५९ मेट्रिक टन, विराटनगरबाट ६५१.६३ मेट्रिक टन, नेपालगन्जबाट ५३०.८३ मेट्रिक टन र मेची नाकाबाट ८९.०४ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ।

नेपाल आयल निगमले सीमा नाकाहरूबाट भइरहेको यो आयातले बजारमा ग्यासको सहज आपूर्ति कायम राख्न सहयोग पुग्ने विश्वास लिएको छ। पछिल्लो समय बजारमा ग्यासको हाहाकार छ ।

सिलिन्डर ग्यास नेपाल भित्रिए पनि उपभोक्ताहरूले भने सहजै पाउन सकेका छैनन्। सिलिन्डर ग्यास भन्दा पनि कुपन नै पाउन सास्ती भइरहेको उनीहरूको गुनासो छ।

प्रकाशित: २७ भदौ २०८३ ८:१० | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast