चितवन- भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ।
शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१-०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो।
दमकलको सहायताले आगो निभाइएको थियो। कार पूर्ण रूपमा जलेको छ।
प्रकाशित: २६ भदौ २०८३ ८:२७ | Friday, September 11, 2026
प्रतिक्रिया


