भोटेकोशी बाढी : चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान

हिमाल प्रेस २४ भदौ २०८३ १५:४१ | Wednesday, September 9, 2026
भोटेकोशी बाढी : चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान फाइल तस्बिर

काठमाडौँ- चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको डीएनए नमूना संकलन भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा कूल ३६३ वटा शव फेला परेका छन्। तीमध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डीएनए परीक्षण र कानुनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको छ।

हालसम्म फेला परेका शवमध्ये १४ वटा शवको मात्र सनाखत हुन सकेको छ। पहिचान खुलेका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको एसपी पौडेलले जानकारी दिए।

पहिचान खुल्न नसकेका ३४९ वटा शवको सुरक्षित व्यवस्थापन गरिसकिएको उनले बताए। शव व्यवस्थापन कार्य गत १३ भदौदेखि सुरु गरिएको थियो।

व्यवस्थापन गरिएका सबै शवको भविष्यमा आफन्तको डीएनएसँग मिलान गर्न मिल्नेगरी डीएनए नमुना सुरक्षित राखिएको छ।

हराइरहेका व्यक्तिको पहिचान खुलाउन प्रहरीले आफन्तको डीएनए नमुना संकलनलाई प्राथमिकता दिएको छ। हालसम्म जिल्लामा ७५ जना आफन्तको डीएनए नमूना संकलन गरी विधिविज्ञान प्रयोगशालामा पठाइएको छ।

संकलन गरिएका नमूनामध्ये भारतीय नागरिकका आफन्तको डीएनए नमूना पनि रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ भदौ २०८३ १५:४१ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast