बाढी प्रभावित रसुवा नुवाकोटमा हैजाविरुद्ध के गरिँदै छ?

हिमाल प्रेस २४ भदौ २०८३ १०:४० | Wednesday, September 9, 2026
बाढी प्रभावित रसुवा नुवाकोटमा हैजाविरुद्ध के गरिँदै छ? नेपालको रसुवा जिल्लामा आएको बाढीपछि हराएकाको खोज तथा उद्धारमा खटिएका उद्धारकर्मीहरू। लगातारको वर्षाका कारण आएको बाढीमा परी नौजनाको निधन भएको छ भने ६ चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएका छन्। तस्बिर : एपी/रासस

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा हैजा लगायतका संक्रामक रोगको जोखिमलाई मध्यनजर गर्दै सरकारले खोप अभियान सुरु गरेको जनाएको छ।

मन्त्रालयका अनुसार सरकारसँग मौज्दात रहेको १ लाख २ हजार १२३ डोज मुखबाट दिइने हैजाविरुद्धको खोप रसुवा र नुवाकोटमा पठाउने कार्य भइरहेको छ।

रसुवामा २१ हजार ६०० डोज खोप हेलिकप्टरमार्फत पठाइसकिएको छ र त्यहाँ भदौ २५ गतेदेखि अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।

नुवाकोटका लागि ८० हजार ५२३ डोज खोप स्थलमार्गबाट पठाइँदै छ। त्यहाँ पनि यो साताभित्रै खोप अभियान सुरु गरिने मन्त्रालयले जनाएको छ।

खोप अभियान वडा कार्यालयस्तरबाट स्वास्थ्य स्वयंसेविकामार्फत सञ्चालन हुनेछ। प्रभावित क्षेत्रमा १ वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई हैजाविरुद्धको खोप दिइनेछ। सम्भावित महामारी रोकथामका लागि पूर्वतयारीस्वरूप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा टिडी (टिटानस-डिफ्थेरिया) तथा दादुरा-रुबेला खोप अभियान पनि सञ्चालन गरिनेछ।

उद्धार तथा राहतमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र चोटपटक लागेका नागरिकलाई टिडी खोप दिइनेछ भने ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई आगामी दुई साताभित्र दादुरा-रुबेला खोप लगाउने योजना रहेको छ।

खोप ऐनअन्तर्गत गठित राष्ट्रिय खोप सल्लाहकार समिति ले बाढी प्रभावित क्षेत्रमा सरसफाइको अभावका कारण हैजा वा अन्य महामारी फैलिन सक्ने जोखिम औँल्याउँदै पूर्वतयारीस्वरूप खोप अभियान सञ्चालन गर्न सिफारिस गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले खोप तथा स्वास्थ्य सेवासम्बन्धी थप जानकारीका लागि ‘हेलो स्वास्थ्य’को टोल-फ्री नम्बर १११५ मा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित: २४ भदौ २०८३ १०:४० | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast