मंगलबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन

हिमाल प्रेस २२ भदौ २०८३ २०:०८ | Monday, September 7, 2026
मंगलबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौँ- नेपाल राष्ट्र बैंकअन्तर्गत बैंक तथा वित्तीय संस्था नियमन विभागले मंगलबार (भदौ २३ गते) ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै रसुवा, नुवाकोटलगायत जिल्लामा भदौ १० गते आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सघाउ पुर्‍याउने प्रयोजनका लागि राष्ट्र बैंकले ‘काउन्टर/बैंकिङ सेवा’ सञ्चालन गर्ने निर्णय गरेकाले सोही अनुसार बैंकिङ सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो।

मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त दिन अत्यावश्यक बैंकिङ सेवा बन्द नगरी नियमित सञ्चालन गर्न विभागले निर्देशन दिएको हो।

प्रकाशित: २२ भदौ २०८३ २०:०८ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast