१९७ किलो खैरो हेरोइन बरामद, भारतीय नागरिकसहित २ पक्राउ

हिमाल प्रेस २२ भदौ २०८३ १३:५३ | Monday, September 7, 2026
१९७ किलो खैरो हेरोइन बरामद, भारतीय नागरिकसहित २ पक्राउ

काठमाडौँ- खैरो हेरोइन १९७.४४० ग्राम सहित धनुषाबाट एक जना नेपाली र अर्का भारतीय नागरिक गरी दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य मधुवनी ठेगाना भएका वर्ष २७ को संजित कुमार राम र जिल्ला धनुषा सवैला नगरपालिका १० ठेगाना भएका वर्ष २६ को राकेश राम रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

भारतको मधुवनीबाट लागु औषध खैरो हेरोइन खरिद संकलन गरी ल्याई मधेश प्रदेशका जिल्लाहरुमा बिपक्री गर्ने गर्दै आएका उनीहरूलाई धनुषा मिथिला नगरपालिका २ बाट लागु औषध हेरोईन १९७.४४० ग्राम सहित पक्राउ गरिएको लागु औषाध ब्यूरोले जनाएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषा बुझाइएको छ।

प्रकाशित: २२ भदौ २०८३ १३:५३ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast