काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० मा आएको बाढीका कारण निधन हुनेको संख्या १३ सय ५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ११ बजेसम्ममा १३ सय ५५ जनाको शव फेला परेको छ। सबैभन्दा बढी शव चितवनमा ३६३ वटा भेटिएका छन्। प्राधिकरणका अनुसार नवपुरमा २२२, नवलपश्चिममा २२१, नुवाकोटमा १९७ वटा शव भेटिदा रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ वटा शव फेला परेको छ।
हालसम्म सनाखत भइ बुझिलिएको शवको संख्या ९८ पुगेको छ। प्राधिकरणका अनुसार बाढीमा बेपत्ता हुनेको संख्या ४९ सय ९६ पुगेको छ। जसमध्ये विदेशी नागरिक ५८९ र सुरक्षाकर्मी १०० छन्।
प्रकाशित: २२ भदौ २०८३ ११:४९ | Monday, September 7, 2026
प्रतिक्रिया


