रविसँग अमेरिकी विदेशमन्त्री रुबियोले के भने?

हिमाल प्रेस २२ भदौ २०८३ ११:२५ | Monday, September 7, 2026
रविसँग अमेरिकी विदेशमन्त्री रुबियोले के भने?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ।

सो क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

खरेलका अनुसार सभापति लामिछानेले बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका लागि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए।

उनले नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षा तथा संरक्षणप्रति पनि सरकार समान रूपमा प्रतिबद्ध रहेको बताएका थिए।

लामिछानेले कठिन परिस्थितिमा अमेरिकाले गरेको सहयोगप्रति अमेरिकी सरकारलाई धन्यवाद दिएका थिए। जबाफमा विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग गर्न अमेरिका तयार रहेको बताएको प्रवक्ता खरेलको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast