‘बेहुली’ को ट्रेलरमा ‘कुल ब्वाई’ र दिब्याको प्रेम सम्बन्ध र केमेस्ट्री

हिमाल प्रेस २२ भदौ २०८३ ९:१३ | Monday, September 7, 2026
‘बेहुली’ को ट्रेलरमा ‘कुल ब्वाई’ र दिब्याको प्रेम सम्बन्ध र केमेस्ट्री

काठमाडौँ-फिल्म ‘बेहुली’ को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शनको पाँच दिनअघि आइतबार काठमाडौंको जय नेपाल हलमा विशेष कार्यक्रम आयोजना गर्दै निर्माण टिमले फिल्मको आधिकारिक ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा माया, प्रेम, पारिवारिक सम्बन्ध र मित्रताका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ। सामाजिक सञ्जालमा ‘कुल ब्वाई’का रूपमा परिचित पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको प्रेम सम्बन्ध तथा केमेस्ट्रीलाई ट्रेलरमा विशेष रूपमा देखाइएको छ।

सुशान्त कार्की प्रहरीको भूमिकामा प्रस्तुत छन् भने कमेडियन पदम तामाङको हास्य प्रस्तुतिमा छन्। सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको फिल्ममा पारस, दिव्या, सुशान्त, पदम र सन्तोषसँगै सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायतको अभिनय छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको फिल्ममा अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता तथा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता हुन्। फिल्म भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ।

 

प्रकाशित: २२ भदौ २०८३ ९:१३ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast