काठमाडौँ- बागमती प्रदेश सरकारले चेपाङ जातिको न्वागी (छोनाम) पर्वको अवसरमा आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।
बागमती सरकारले चितवन, मकवानपुर र धादिङ जिल्लामा आज सार्वजनिक बिदा दिएको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदौ १८ राजपत्रमा प्रकाशित गरेको सूचनामा तीन जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको उल्लेख छ।
प्रकाशित: २२ भदौ २०८३ ६:५९ | Monday, September 7, 2026
प्रतिक्रिया


